११ माघ २०७५, शुक्रबार

बाँके । चट्याङ लागेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ बर्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो ।

गम्भीर घाईते भएका दर्जीको उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पुर्यारए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV