११ माघ २०७५, शुक्रबार

काठमाडौं । सरकारले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रति बिमती जनाउँदै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शन गर्ने क्रममा आक्रोशित विधार्थीहरुले सरकारी गाडीहरुमा तोडफोड गरेपछि प्रहरीले दर्जनौं नेता तथा कार्यकर्तालाइ नियन्त्रणमा लिएको छ जसमा संघका महामन्त्री कुन्दन काफ्ले सहित रहेका छन्।

संघीय संसदले शुक्रबार नेपाली काँग्रेसका सांसदहरुको चर्को बिरोध जारी रहँदा रहँदै राष्ट्रिय चिकित्सका शिक्षा विधेयक बलपूर्वक पारित गरेको छ। आफ्ना नेताद्वयको नाममा खुलेका अस्पताल खारेज गर्न खोजेको भन्दै नेपाली काँग्रेसले संसद वैठकमा अवरोध पु¥याएको थियो । विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका नेताहरुले सरकारको रवैया विरुद्ध आक्रामक रुपमा सडक र सदनबाट आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV