११ माघ २०७५, शुक्रबार

काठमाडौं । युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।

दुवईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो । १ सय १४ रनको लक्ष्य पछ्याएको युएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन ।

टिमको स्कोर ५ हुँदा मोहम्मद अस्फिकलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए । नेपालका पारस खड्का, करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए ।

यसअघि, टस हारि पहिला ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा १ सय १३ रन बनाउँदै अल आउट हुन पुग्यो । नेपालका नियमित बलर सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० तथा सन्दीप लामिछानेले १५ रन बनाए ।

युएईका लागि मोहम्मद नाभिदले अमिर हायात तीन तीन विकेट लिँदा इमरान हैदरले समान दुई तथा क्वेदर अहमदले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV