११ माघ २०७५, शुक्रबार

काठमाडौं । आफु संग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक पास भएको भए पनि डा. गोविन्द के.सीले आफ्नो अनशन जारी राख्ने बताएका छन् । १५औँ अनशनमा भएको सहमतिको आधारमा नै चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने अडानमा रहेको बताउदै १६ औँ अनशनका बिच सरकारले उनीसँग भएको सहमतिविपरीत विधेयक पारित गरेको भए पनि आफ्नो अनशन नरोकिने केसीले बताएका हुन्।

सहमतिविपरीत विधेयक पास भए पनि डा. केसीको अनशन जारी नै रहन्छ केसी निकट स्रोतले भन्यो । अब कसरी जाने भन्ने कुरा हामी केही समयमा आन्तरिक छलफल पछि थप कुरा सार्वजनिक गर्ने छौँ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV