११ माघ २०७५, शुक्रबार

काठमाडाैं । नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चिकित्सा शिक्षा विधेयक पास गरेर कांग्रेसको घाँडो पन्छाइदिएको जिकिर गर्नु भएको छ । उहाँले वास्तवमा पछिल्लो समय चिकित्सा शिक्षा सम्बन्धी विधेयक कांग्रेसको लागि पनि टाउको दुखाई भएको बताउनु भयो ।

सांसद पाण्डेले नेकपाले बल पूर्वक विधेयक पास गरेर कांग्रेसको काँडा पन्छाइदिएको भन्दै वहाँले प्रजातान्त्रिक ब्यवस्थामा कहिलेकाँही यस्ता घटनाहरु घट्ने र कांग्रेसकाे भित्री मनशाय पनि यता बिरोध गरेजस्तै गर्ने र सत्तापक्षले जबरजस्ती विधयेकलाई पास गरोस् भन्ने रहेकाे
दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV