११ माघ २०७५, शुक्रबार

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ सय १४ रनको लक्ष्य पेश गरेको छ । टस हारेर पहिलो ब्याटिङमो निम्तिो पाएको नेपालले ३३ दशमलब ५ ओभरमा १ सय १३ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

सुरुवातबाट नै कमजोर व्याटिङ गर्दा नेपाल खेलमा प्रारम्भदेखि नै दबाबमा परेको थियो ।सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गर्दा कप्तान पारस खड्काले २० रन बनाएका थिए ।
प्राररिम्भक व्याट्सम्यानकोरुपमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बल फेस गर्दा एक रन पनि नबनाई वाहिरिएका थिए । दोस्रो विकेटको रुपमा अर्का ओपनर विनोद भण्डारीले पनि उत्कृष्ट खेल प्रदर्शन सकेनन् । उनले १४ बलको सामना गर्दा १ चौकाको सहयोगमा ५ रनको योगदान गरेका थिए । त्यसपछि आएका कप्तान पारस खड्का र सोमपाल कामीले नेपालको पारी उकास्ने प्रयास गरेका थिए ।

तर टिमले ४४ रन बटुल्दै गर्दा कप्तान खड्का व्यक्तिगत २० रन बनाएर आउट हुन पुगे । पारस पेभेलियन फर्केपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी खातानै नखोली रन आउट हुन पुगेका थिए । त्यसपछि सोमपाल नेपालको स्कोर ७१ रन हुँदा आउट हुन पुगे पछि नेपालको पारी पूरै धर्मराउन पुगेको थियो ।

सोमपाल ३० रन बनाउँदै पेभेलियन फर्कदा उनले बनाएको रन नै नेपाली व्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो रन बन्न पुग्यो । त्यसपछि पवन शर्राफ, करण केसी र बसन्त रेग्मी लगातार आउट हुन पुगेका थिए । पवनले ४ रन जोड्दा करणले ३ रन बनाए पनि बसन्त रेग्मीले खाता नै नखोली फर्किएका थिए ।

नेपालका लागि दोस्रो ठूलो व्यक्तिगत रन आरिफ शेखको नाममा रहयो । उनले २५ रन बनाएका थिए । यसैगरी चर्चित खेलाडी सन्दीप लामिछाने १५ रन बनाएर बाहिरिएका थिए ।
नेपालको टोलीलाई सस्तोमा समेट्ने क्रममा घरेलु टोलीका लागि मोहम्मद नाभिद र अमिर हायात तीन तीन विकेट लिँदा र इमरान हैदरले समान दुई तथा क्वेदर अहमदले १ विकेट लिएका थिए ।

LIVE TV