११ माघ २०७५, शुक्रबार

हेटौँडा । नेपाल विद्युत् प्राधिकरणले हेटौँडा औद्योगिक क्षेत्रमा रिमोटबाटै मिटर रिडिङ सेवा सुरु गरेको छ । औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विशेष सेवा शुरु गरेको विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यलयले उद्योगहरूमा रिमोट मिटर रिडिङ सेवा गरेको जनाएको हो । रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु भइसकेको छ । अहिले उद्योग क्षेत्रमा लोडसेडिङको समस्या समेत पूर्णरुपमा हटेको छ ।

प्राधिकरणको हेटौँका वितरण केन्द्रले ती उद्योगहरुमा खपत हुने बिजुलीका लागि सिम कार्डको आधारमा चल्ने रिमोट मिटर रिडिङ जडान गरेको हो । सिम कार्डलाई नेटसँग जोडेर रिमोट मिटर रिडिङ हुने गरेको कार्यालयले जनाएको छ । यस नयाँ प्रणालीको जडानले मिटर रिडिङका लागि उद्योगमा धाउनु पर्ने बाध्यता हटेको छ भने समयको वचत समेत हुने गरेको छ ।

हाल विद्युत् महसुलवापत मासिक रु १७ करोड राजश्व सङ्कलन गरिरहेको कार्यालयले आफ्नो सेवालाई ग्राहकमुखी एवं प्रविधिमैत्री बनाउँदै लगेको वितरण केन्द्रका प्रमुख शम्भु कुसियतको भनाइ छ । उनले निवेदन दिएलगत्तै विद्युत् मिटर जडान भइरहेको र पछिल्लो समय ई–सेवाबाट बिल भुक्तानीको व्यवस्था भए पनि हाल एनइए नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV