१० माघ २०७५, बिहीबार

कपिलवस्तु । कपिलवस्त नगरपालिका वडा नम्बर २ बरदहवा स्थित श्री गौतम बुद्ध आधारभुत विद्यालयका ५० गरीब बिपन्न विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

ह्यापी हावर प्रालिको सौजन्यमा लुम्बिनी बिकास कोषका कार्यकारीणी सदस्य राजेश ज्ञवालीले बिद्यार्थीलाई झोला उपलब्ध गराएका थिए ।

एक कार्यक्रकाबीच कोषका सदस्यहरु राजेश ज्ञवाली, संघिय सांसद अतहर कमाल, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमसख लक्ष्मी गुप्ता, वडा अध्यक्ष रामभजन कलवार, प्रकाश गैरे, शिव कुमार पाण्डेय र बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्रराज लम्सालले झोला हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै समाजसेवी तथा युवा नेता राजेश ज्ञवालीले शिक्षा क्षेत्रमा सहयोग गरेर समाजसेवाको उदाहरण पेश गरेको नगर चेम्बर अफ कमर्स तौलिहवाका अध्यक्ष गोपीकृष्ण शर्माले बताए ।

विद्यालयका अध्यक्ष सुरेन्द्रराज लम्सालले विद्यालयमा भौतिक पुर्वाधार पुर्ण नभएकाले सहयोगीको आवश्यकता रहेको बताए । वडा अध्यक्ष रामभजन कलवारले गरीब विद्यार्थीका लागि झोला प्रदान गर्ने कार्यले विद्यार्थीलाई शिक्षाका लागि प्रोत्साहित गरेको बताए ।

नगर उपप्रमुख लक्ष्मी गुप्ताले विद्यालयको लागि आवश्यक पुर्वाधार निर्माण गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । कपिलवस्तु नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राखेको स्पष्ट पार्दै बिद्यालयको स्तरोन्नतीका लागि आफुहरु प्रतिबद्ध रहेको बताए ।

गरीब, दलित र बिपन्न बालबालिकालाई लक्षित गरिएको कार्यक्रमले विद्यार्थी बिद्यालय आउने बातावरण बनाउन सहयोगी हुने संघिय सांसद तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य अतहर कमालले बताए । आफुले बिगतमा समेत विद्यालयमा विभिन्न सहयोगी दाताको खोजीमा अगुवाई गरेको स्मरण गराउदै बिद्यालयका लागि आवश्यक सहयोगका लागि आफुले सदैव समन्वय गर्ने लुम्बिनी बिकास कोषका कार्यकारीणी सदस्य राजेश ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV