१० माघ २०७५, बिहीबार

म्याङ्लुङ । तेह्रथुममा भ्रुण हत्या गरेको आरोपमा दुई जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको छथर गाउँपालिका १ आङ्दिमका बर्ष २० की दालमु शेर्पा र निजको आमा बर्ष ४५ की कल्पना शेर्पालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिउर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएएको छ । स्थानीयले दालमु शेर्पाको गर्भमा रहेको भ्रुण हत्या गरेको आशङ्कामा प्रहरीलाई सुचना दिएको आधारमा प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भ्रुण हत्या गरेर नजिकै रहेको उतिस घारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटाएर कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV