
माकासार । बाढी र पहिरोका कारण इन्डोनेसियामा मृत्यु हुनेकाे संख्या २६ पुगेको छ ।
प्रकोप नियन्त्रण अधिकारीहरुले दिएको जानकारी अनुसार करिब २४ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्यलाइ तीव्र पारिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
त्यहाँको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि इडोनेसियाको दक्षिण भागमा पर्ने नौ ओटा जिल्लाका केही नदीसमेत थुनिएपछि आएको बाढी पहिरोको कारण हजारौैँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।