१० माघ २०७५, बिहीबार

काठमाडाैँ । साहित्यकार मोहनराज शर्माको निधन भएकाे छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित शर्माकाे ८१ वर्षको उमेरमा आज निधन भएको हाे ।

शर्माको कलङ्कीस्थित नेशनल अस्पतालमा उपचारकै क्रममा आज बिहान निधन भएको अस्पताल स्राेतले जनाएकाे छ ।

विसं १९९४ कात्तिकमा काठमाडौँमा जन्मिएका शर्माले नेपाली भाषा-साहित्यमा दिएकाे याेगदान उच्च मानिन्छ । उनका कथा, कविता, उपन्यास, समालोचनाका साथै नाटक र भाषाशास्त्रसम्बन्धी कृतिहरु प्रकाशित छन् ।

शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ । शर्माका छोरा विदेशमा रहेकाे र आउन समय लाग्ने भएकाले उनकाे अन्त्येष्टि भाेलि शुक्रबार मात्र गरिने भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV