१० माघ २०७५, बिहीबार

एजेन्सी |

जापानले चालकविना नै चल्ने बस सञ्चालनमा ल्याएकाे छ । अाउँदाे (सन् २०२०) ओलम्पिक खेलकुदमा सहभागी हुन अाउने खेलाडीकाे स्वागतमा जापानले तिनै चालकविहीन बस उपयाेग गर्ने जनाइएकाे छ ।

This image has an empty alt attribute; its file name is get_img.jpg

ओलम्पिका पाहुनालाई जापानले टोकियो विमानस्थलदेखि बाहिर निस्किँदा ती चालकविहीन बसबाट सेवा प्रदान गर्ने तयारी गरिरहेको जनाइएकाे हाे ।

चालकविहीन बसकाे सफल परीक्षण भइसकेकाे छ । जापानकाे राष्ट्रिय वायुसेवा कम्पनी निप्पोन एयरवेज (एनएनए) सहित ६ वटा कम्पनीले १० दिनसम्म लगातार परीक्षण सञ्चालन गरेका छन् ।

Image result for driverless bus in japan

परीक्षणका क्रममा सम्भावित दुर्घटनालाई ख्याल गरी सुरुमा चालकलाई नै चालकसिटमा राखिएको थियो । तर ती चालकले बस भने सञ्चालन गरेनन्, केवल निगरानी गरिरहे । परीक्षण सफल भएपछि चालकविना नै बस सञ्चालन सुरु गरिएको जनाइएकाे छ ।

Image result for driverless bus in japan

हाल टोकियोको हानिदा अन्तर्राष्ट्रिय विमानस्थलसहित मुख्य हबहरुमा साे चालकविही बसभित्र यात्रु थप परीक्षण भइरहेको छ । चालकबिहीन बसलाई जापानले ओलम्पिक्स पाहुनाका लागि मुख्य आकर्षण बनाउन चाहेको अधिकारीहरुले जनाएका छन् ।

बसमा जिपिएस सिस्टम जडान गरिएकाे छ । अटाेमेटिक रुपमै ती बस ३० किलोमिटर प्रतिघन्टाकाे दरमा गुड्न सक्ने बताइएकाे छ ।

जापानकाे याे नवीनतम अाविष्कारले जापानकाे घट्दाे जनसंख्याका कारण भविष्यमा हुने जनशक्ति अभावलाई समेत ध्यानमा राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV