१० माघ २०७५, बिहीबार
  • रबिना बोहरा

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–३ का शिव बहादुर वुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा बागलुङको तमानखोला गाउँपालिका वडा नं. ३ बका २९ वर्षीय पदम बि.क, २० वर्षीय तेजेन्द्र प्रतेल , ४१ वार्षिय मान बहादुर कामी, २८ वर्षीय नर बहादुर
श्रीपाली र ३३ वर्षीय देवीलाल टोम्टालाई पक्राउ गरेको हाे ।

उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक चिरनजिवी कोइरालाले जानकारी दिनुभयो ।

शिव बहादुर वुढाथोकी गत पुस २९ गते साँझ घर नफर्केपछी परिवारले खोजी गर्दा ३० गते बिहान घर नजिकैको पुल मुनी मृत अवस्था फेला परेका थिए ।

घटना ढाकछोप गर्नको लागि मृतकले लगाएको ज्याकेट समेत आगोमा जलाइएको एवं अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।

सोही स्थानका मनबहादुर श्रीपालीकी श्रीमतीको मृत्यु भएको १३ औँ दिनको दिनकाे राति बुढाथोकीलाई गुराँसको लाठ्ठीले प्रहार गरी हत्या गरेको आरोप लगाइएको थियो ।

स्थानीय मनबहादुर श्रीपालीको घरमा किरिया उम्कने दिन भएकोले सोही घरमा घटना घटेको आफन्तले आरोप लगाउँदै आएका थिए ।

घटनाको बारेमा पक्राउ परेकाहरूको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV