९ माघ २०७५, बुधबार

हेटौँडा – हराएको १८ थान मोबाइल प्रहरीले फिर्ता गरेको छ । मकवानपुर प्रहरीले १८ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो । प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वमा मोबाइल खोजी गर्न प्रहरीले प्रहरीको टोली नै परिचालन गरेको थियो ।

करिब तीन लाख साठ्ठी हजार रुपैयाँ बराबरको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाभित्रका १३ जना र जिल्लाबाहिरका ५ जनाको मोबाइल खोजी गरी फिर्ता गरिदिएको हो ।

प्रहरीले यसअघि पनि विभिन्न समयमा हराएको मोबाइल फिर्ता गरिसकेको छ। प्रहरीले दूरसञ्चारसँगको सहकार्यमा हराएको मोबाइल खोजी गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV