९ माघ २०७५, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसिरहेको छ । बिहिबार बस्ने केन्द्रिय कार्यसमितिको बैठकको एजेण्डा तय गर्न कांग्रेस शिर्ष नेताको बैठक देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ ।

बैठकमा पूर्व पदाधिकारी र वर्तमान पदाधिकारीको सहभागीता रहेको छ । विहिबार बस्ने केन्द्रिय कार्यसमितिको वैठकले कांग्रेस विधानलाई अनुमोदन गर्ने जनाएको छ । बैठकले नेविसंघको कार्यकाल बढाउने वा तदर्थ समितिमा जाने सम्बन्धी धारणा बनाउने पनि कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV