९ माघ २०७५, बुधबार

भोजपुर – बलात्कारको अभियोगमा आठ वर्ष कैद हुने भएको छ । सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका –३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

न्यायाधीश हरिशचन्द्र इङ्नामको एकल इजलासले मङ्गलबार सो फैसला सुनाएको हो । पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीले गत असोज २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV