९ माघ २०७५, बुधबार
  • तीर्थ भट्टराई

डाभोस । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा स्वीट्जरल्याण्मा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनाका प्रधानमन्त्री हुअन सुअन फुकबीच बुधबार भेटवार्ता भएको छ ।

भेटमा दुई प्रधानमन्त्रीले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा दुईदेशबीच सहयोग विस्तार गर्नेबारेमा छलफल गरेका छन् । परराष्ट्र सचिव शङ्करदास वैरागीका अनुसार भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV