९ माघ २०७५, बुधबार

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार अन्तर्राष्ट्रियस्तरमा हवाई सेवा विस्तार गर्न लागिरिरहेको बताएका छन् । विदेशी पर्यटन भित्र्यान देशमा थप हवाई सेवा विस्तार गर्नुपर्ने भएकाेले सरकारले यसतर्फ तदारुकता देखाईरहेको छ उनले भने ।

झापाको विर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले पर्यटन भित्र्याउन झापा ट्रान्जिट पोइन्ट रहेको बताउँदै भद्रपुर विमानस्थलको सेवालाई थप विस्तार गर्न मन्त्रालय लागि परेको उल्लेख गरे ।

काठमाडौं(भद्रपुर(काठमाडौ हवाई सेवा प्रदान गर्दै आइरहेको भद्रपुर विमानस्थलबाट चाँडै पोखरा–भद्रपुर हवाई सेवा सञ्चालन गरिने उनको भनाई छ। ‘भारतको दार्जिलिङ, सिक्किम जाने विदेशी पर्यटकलाई इलाम वा ताप्लेजुङ पठाउन झापा नै ट्रान्जिट पोइन्ट मानिन्छ, मन्त्री अधिकारीले भने,यहाँ सुविधासम्पन्न विमानस्थल पनि छ, ‘तर, झापामा पर्यटकीय गन्तव्य क्षेत्रको पहिचान गरी त्यसअनुरुप विकास गर्न नसक्दा विदेशी पर्यटन भित्राउन सकिरहेका छैनौँ, त्यसैले झापामा पर्यटन भित्र्याउन सबै निकाय लाग्नु पर्छ ।

अहिले सरकार पर्यटन भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा हवाई सेवा विस्तार गर्न लागिपरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल एयरलाइन्सको जहाजले केही देशमा अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गरेको छ र यस सेवालाई अन्य देशमा पनि थप विस्तारका लागि सरकार लागिपरेको छ।’ तर, नेपाल एयरलाइन्सको प्रभावकारी सेवाको विरुद्ध केही तत्त्व लागि परेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV