९ माघ २०७५, बुधबार

काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा अस्पतालको सेवालाई गुणस्तरीय बनाउन नसकिएको स्वीकार्नुभएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री यादवले चार अर्ब बजेटले मुलुकभरका अस्पतालको गुणस्तरीयता बढाउन नसकिने बताउनुभएको हो । मन्त्री यादवले अर्थसँग बजेटका शिलशिलामा पटकपटक छलफल र आग्रह गरेपनि मन्त्रालयले बजेट निकासा नगरेको गुनासो गर्नुभयो ।

हाल छुट्याइएको बजेट तलव भत्तामै खर्च हुने भएकाले अस्पतालको सुधार गर्ने आफ्नो प्रयास असफल हुन गएको उपप्रधानमन्त्री यादवको भनाई छ । गुणस्तरीय सेवा दिन नसक्दा स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी हुन नसकेको उहाँको गुनासो थियो ।

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी स्वास्थ्यसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको बताउँदै सात वटै प्रदेशमा आयुर्वेद अस्पताल स्थापनाका लागि मन्त्रीपरिषद बैठकबाट सैद्धान्तिक स्विकृति लिएर काम अघि बढाइएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV