९ माघ २०७५, बुधबार

एउटा उमेर समुह जहाँ सम्पुर्ण किसिमका शक्तिले भरीपुर्ण हुने कोसिसमा हुन्छन् । यस उमेर समुहका मानिसलाई सम्भवत नमुनाहरुको कारखाना नै भन्दा पनि हुन्छ होला । यसो बजारलाई नियालेर हेरौँ भने बेच्न राखेएका जस्तै छन् जता ततै केहि न केहि कुरा वा काममा सबै व्यस्त नै छ जिवन । गजबको छ यो व्यस्त जिन्दगी कोहि फेसबुकमा व्यस्त , कोहि जाडरक्सीमा व्यस्त कोहि एयरपोर्टमा नेपाललाई विदाईका हात हल्लाउनमा व्यस्त, कोहि पुर्खाको छाक टार्न पाटो बेचेर सुन्दर सपना बोकी राहधानी विभागमा राहधानी बनाउनमा व्यस्त , कोहि विदेशको कालो कटेरो जेलबाट विना सर्त छुटाइ घरका अनुहारमा रमाउने आशामा व्यस्त, कोहि खाली सडकमा दिनदिनै सुख्खा नाराले जनतालाई सास्ती दिनमा व्यस्त, वडा अजिबको छ जिवन हजुर ।

घुस लिने र घुस दिने राष्ट्रका शत्रु हुन म पनि यहि भन्छु तपाई पनि यहि नै भन्नुहुन्छ । होला सायत किनकि मलाई मा वि मा पढ््दा यस्तै घोकाईयो तर यसै प्रमाणलाई आधार बनाई प्रत्यक दिन देशका मान्य जन्य ओहोदामा बसेका ति हामी सबैका आदरणिय जन प्रतिनिधिहरुलाई प्रश्न गर्न मिल्छ भने सोध्दा हुन्छ तपाई के मा व्यस्त पक्कै पनि लोभलाग्दो दयालु उत्तर त आउछ नै संङगै सघाउन आग्रह गरिन्छ वाह ! राजनितिक पार्टीका नामले चिरपरिचित कुख्यात महाजनहरु ठुला ठुला मछ्ली पकड्नमा व्यस्त छन् ।

अर्थविदहरु नक्कली नोट बनाउनमा व्यस्त , नेपालमा प्रवेश गर्न लागेको ३३ किलो सुन बालापन बिताउन कोलकत्तामा व्यस्त, नेपालीहरुको स्वास्थको हितको लागि डाक्टर साप अनसनमा व्यस्त, एक अवला नारीमाथि भएको घटनाको छानमीनको त कुरै छोडौ उल्टै पिडकलाई सोहै्र आना निर्दोश सावित गर्नको लागि माननियहरु व्यस्त, ५ बर्षकि किशोरी बलात्कृत हुन्छिन् प्रहरी संगठन प्रमाण भन्दा वयान खोज्नमा व्यस्त, देशको मुहारमा सावुन पानी लगाएर सफा गर्छु भन्नेहरु गोजी फुल गरेर कहिले भारत, वेलायत, कतार, अमेरिका, मलेसिया, आदि आदि देशका कोट चिल्लाउनमा व्यस्त, देशमा रहेका अरुहरु कुरौउटेमै व्यस्त, सामाजिक अभियानताका हिमायतिहरु करौडौ डलर विदेशी ठगेर पोतो कडा बनाउनलाई मा बदल्नमा व्यस्त, हामी उल्लु जनता पनि उस्तै राम्रा भन्दा हाम्रालाई मतदान गर्नमा व्यस्त, अखम लाग्दो छ जिन्दगी ।

सामाजिक संन्जालले पनि हद नाग्यो हजुर एकसेएक नाम बाट खबर दिनेहरुको विश्वाश गर्न पनि गार्हो । फोटामा फोटा चिप्कायर ईज्जत लुटिईन्छ यहाँ कोहि कोहि पत्रकार महोदय यसैका व्यस्त, अरु त के अब त मर्नु पर्दा पनि फेसबुकमा लाईफ पोष्ट गरि पो मर्छन त , विद्धानहरु २० औ बर्ष पढेर लिनुपर्न सटिफिकेट एकै घण्टामा उपलब्ध गराउनमा व्यस्त , टिप्परका यातायात मन्त्रिहरु मनपरि भाडा अशुल्नमा व्यस्त, मायालु र दयालु आमाबुबाका सन्ताहरु पाको अशक्तm उमेरमा वृद्धाआश्रममा भेज्नमा व्यस्त, खुलम खुल्ला देशको आधा जनसंख्या भन्दा बढि फेसबुकमा गाली गर्नमै व्यस्त, फेसबुक प्रेमिहरु पोष्टमा कमेन्ट र लाईक हेर्नमा व्यस्त, राष्टका गहनाका रुपमा रहेका कलाकारहरु नेपाली पारा भन्दा फरक डिजेमा व्यस्त, संविधानमा आफ्ना माग समेटिएन भनेर एक पक्ष आन्दोलनमा व्यस्त अरे सबै यस्तै व्यस्तै छन् ।

हाम्रो व्यस्त र व्यर्थ समयलाई सार्थक बनाउनको लागि केहिहरुबाट पनि सिक्न जरुरी छ । आजको अवस्थामा जसरी अन्य विकसित राष्ट्रहरु भए सबै व्यस्तै भएर सम्भव भएका हुन फरक यति हो कि उनीहरुको व्यस्तता उपलब्धि मुलक हुन्छ हाम्रो केवल टाईमपासको व्यस्तता हुन्छौ । यस्सो विश्व नियाल्ने समय छ भने सोचौँ त हामी हाम्रो समयलाई कस्तो व्यस्ततामा विताउदै छौ । राष्ट्रले के दियो भन्ने भन्दा पनि राष्ट्रलाई के दिनसक्यौ भन्ने कुराले अर्थ राख्दछ ।

के हामी सँग दिने कुनै वस्तु नभएर हो रु हामीसँग केवल सकारात्मक सोचका साथ अगाडी बढ्ने ति पाईलाको अभाव छ । त्यसैले अबको समय भनेको सोच्ने भन्दा पनि होस्टेमा हईसे गर्ने बेला हो । यदि देशले माग्छ भने पाईला भन्दा तलको कडा माटो भएर खट्न सक्नु पर्छ । अठोट गरौँ नेपाल आमालाई साचि राखि यो आफ्नो लागि भन्दा पनि देशकोृ लागि बाचौँ र देशको लागि केही गर्ने प्रयत्नमा गरौँ । हामी व्यस्त हौ अडिक सोचका साथ जय युवा !

भिम बहादुर साउद

प्रतिक्रिया दिनुहोस्
LIVE TV