९ माघ २०७५, बुधबार

काठमाडौँ । शेयर बजारमा बुधबार परिसुचक नेप्से उतारचढाव बीच बढेर बन्द भएको छ । तर कारोबार रकम भने निकै कम भएको छ । बजारमा लगानीकर्ताको चहलपहल घटन् जाँदा कारोबार कम भएको हो ।

बुधबार शेयर बजारमा नेप्से परिसूचकमा ४ अंक बढिले बढेर १ हजार १ सय ७२ अंकमा बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक परिसूचक पनि बढेर २ सय ४९ अंक नजिक बन्द भएको छ । बजारमा लगानीकर्ताको चहलमहल निकै न्यून देखियो । जसका कारण कारोबार रकम घटेको छ । १ सय ६३ कम्पनीको २४ करोड ७७ लाख ४३ हजार १ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी कारोबार माथिल्लो तामाकोशी हाइड्रोपावर को ३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले झण्डै १० प्रतिशतले कमाएका छन भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीहरुले झण्डै पाँच प्रतिशतले गुमाएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजमा कुनै कमि नआउने भएपछि शेयर बजार प्रभावित भएको छ । तर माथिल्लो तामाकोशिका कारण केहि थामिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV