९ माघ २०७५, बुधबार

विराटनगर । स्वदेशी जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना गरिएको छ ।

‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना गरिएको सो मेलामा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको करिब ६५ प्रतिशत बजार ओगटेको छ ।

विदेशी कच्चा पदार्थ आयात गरी बनाइने जुता र आयातित विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पनि नेपाली जुत्ता चप्पल महंगो पर्न जान्छ । तर उद्योगीहरुले नेपाली जुत्ताको गुणस्तरमा कुनै कमी नरहेको व्यवसायीहरुको भनाई छ । एक महिना सम्म संचालन हुने मेलामा आठ वटा नेपाली ब्राण्डका उत्पादनहरु राखिएको छ ।

उद्योगी व्यवसायीहरुले खुल्ला सिमानाका कारण चोरी पैठारी हुने भएकाले जुत्ता उद्योगहरु प्रभावित हुदै आएको बताएका छन् । यद्यपी मेलामा २ करोड रुपैयाँ बराबरको व्यापार हुने अनुमान आयोजकको छ ।

LIVE TV