९ माघ २०७५, बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरको विभिन्न मालसामान आयात भएको छ । सो आयातबाट करीब दुई अर्ब ४१ करोड ४० लाख बराबरको राजस्व संकलन भएको भन्सार कार्यलयले जनाएको छ ।

पछिल्लो छ महिनामध्ये सबैभन्दा बढी राजस्वमा असोज महीनामा रु ५७ करोड दुई लाख २७ हजार राजश्व सङ्कलन भएको कार्यलयको भनाई छ । त्यस्तै भदौमा रु ३८ करोड १५ लाख ५२ हजार राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतिले बताएका छन् ।

आयातित समानमध्ये सबैभन्दा बढी पेट्रोल र डिजेल रहेको र यो अवधिमा रु दुई अर्ब ५० करोडको डिजेल र रु ६४ करोड ७९ लाखको पेट्रोल आयात भएको छ । त्यस्तै खाद्य सामग्रीमध्ये सबैभन्दा बढी बिस्कुट मात्रै रु ३३ करोड ४८ लाख ६७ हजार मूल्यको आयात भएको छ । भन्सारमार्फत आयात हुने अन्य मुख्य १० वस्तुमा चामल, पापड, सुर्तीजन्य पदार्थ लगायतका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV