९ माघ २०७५, बुधबार

काठमाडौँ । गतसाता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई समयमा भुक्तानी नहुने कर्जाको विवरण कर्जा सुचना केन्द्रमा तत्काल उपलब्ध गराउन निर्देशन दिएको थियो । त्यस्तै कर्जाको वर्गीकरणमा समेत कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाको नाफामा असर पर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नोक्सानी व्यवस्थापनका कडाई गरेको छ । जसले गर्दा बैंकहरुले नोक्सानीका लागि व्यवस्था गर्ने रकम बढने छ । जसले गर्दा बैंंकहरुको नाफामा गिरावट आउने सम्भावना बढेको छ । राष्ट्र बैंके पाँच प्रकारबाट ऋणको वर्गीकरण गरेको छ । असर कर्जामा १ प्रतिशत, सुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रसतशत, शंकास्पद ऋणमा ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत व्यवस्था गर्नुपर्छ ।

अहिले बजारमा सबै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी झण्डै २६ खर्ब रुपैयाँ छ । जसमध्ये ७ खर्ब रुपैयाँ वर्किङ क्यापिटलबाट ऋण प्रवाह गरेको देखिन्छ । यसरी खराब कर्जा मध्ये वर्किङ क्यापिटल बाट गएको कर्जामा मात्र सतप्रतिशत प्रोभिजनिङ गर्ने व्यवस्था भएकोमा अब पुरै कर्जा खराब कर्जाको व्यवस्थापन गर्नुपर्ने प्रवधान लागु गरिएको छ ।

यसले बैंकहरुलाई कर्जा प्रवाहमा थप सचेत बनाएको विश्वास राष्ट्र बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV