९ माघ २०७५, बुधबार

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा बृद्धि भएपछि नेपालमा समेत मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार फाइन गुणस्तरको सुन तोलामा २ सय रुपैयाँले बढेर ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भयो ।

चाँदी पनि मंगलबारको तुलनामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV