९ माघ २०७५, बुधबार

काठमाडौँ । साताको चौथो दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको छ । छापावाला सुन प्रति तोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५२ हजार २ सय १० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ९ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ४७ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV