९ माघ २०७५, बुधबार
  • आशिष केसी

सल्यान,माघ ९। सोमबार बिहानैदेखि सल्यानमा अबरुद्ध भएको विद्युत सेवा तीन दिन पुग्दा पनि सुचारु हुन सकेको छैन।एक हप्ता अघि मात्रै जडान भएको ३३ केभी प्रसारण लाईन पछिल्लो पटक अबरुद्ध हुँदै आएको हो।

सल्लेखोला देखि श्रीनगरसम्मको भुभागमा विद्युत लाइनको ठाउँठाउँमा फल्ट भएका कारण बिधुत अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ।मंगलवार बेलुका सम्म सल्लेखोलादेखि लुहामसम्म करिब ७ किलोमिटरको दुरीमा तीन ठाउँमा फल्ट भेटिएको र त्यसको समाधान भैसकेको तर बाँकी रहेका ठाउँमा फल्ट खोजिरहेको र पत्ता लाग्न समस्या भएको विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जानकारी दिएको छ।

केन्द्रले कुन ठाउँमा समस्या परेकोे हो समाधान गर्न कर्मचारी खटाइएको जनाएको छ ।विद्युत सेवा नियमित नहुँदा जिल्लाको जनजीवन कस्टकर बनेको छ। विद्युतबाट संचालित उद्योग,कलकारखाना,सञ्चार माध्यम,लगायत सम्पुर्ण व्यवसाय बन्द भएका छन् ।सरकारी कार्यालय,बैंक बित्तीय सस्थाका कामहरु पनि विद्युत नहुँदा प्रभाबित बनेका छन्।

विद्युत अबरुद्ध हुँदा जिल्लामा संचालित टेलीफोन सेवा समेत बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV