९ माघ २०७५, बुधबार

संखुवासभा । जबरजस्ती करणी गरेको अरोपमा संखुवासभाका बिभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

करणी गरेको आरोपमा चिचिला गाउँपालिका टिकाराम (अमित) बि.क र भोजपुर साल्पासिच्छो गाउँपालिकाका सन्तोष राई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए ।

प्रहरीले २२ बर्षीय टिकारामलाई चिचिला गाउँपालिका–५ बाट र भोजपुर साल्पासिलोछो गाउँपालिका–१ का २५बर्षीय सन्तोष राई संखुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरको जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV