९ माघ २०७५, बुधबार

वि.सं.२०७५ साल माघ ०९ गते । बुधवार । इस्वी सन् २०१९ जनवरी २३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथि तृतीया,५३ घडी ५२ पला । नक्षत्र मघा,४५ घडी ३३ पला,रातको ०१ बजेर १० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग सौभाग्य,४८ घडी ४७ पला,रातको ०२ बजेर २७ मिनेट उप्रान्त शोभन । करण वणिज,बेलुकी ०५ बजेर ३९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा चर योग । चन्द्रराशि सिंह । काठमाडौँमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हँसिला होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाइकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफ्नो भन्दा अरूकै काममा समय बित्नेछ । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले सर्वसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यवहार गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । बिदशी सामानको व्यापार व्ल्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्र सँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाई लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा हरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईँको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाई लखोईमा प्रतिस्पर्धीहरूको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथी सँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रज सँग राज बाजिनेछ । सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्भव व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाइकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ ।


तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले । 

प्रतिक्रिया दिनुहोस्
LIVE TV