८ माघ २०७५, मंगलवार

काभ्रे (मण्नदेउपुर) । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षा क्षेत्रको निजीकरण बन्द हुने बताएका छन् । मण्डनदेउपुर नगरपालिका वडा नं। ४ मा रहेको श्री महाकाली माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव, पूर्वविद्यार्थी पुर्नमिलन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले शिक्षा क्षेत्र सुधारका लागि आवश्यक कार्यहरू अघि बढाएको बताए ।

मन्त्री बाँस्कोटाले भुकम्प पछि थलिएको सामुदायिक विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब विद्यालयले गुणस्तरीय शिक्षा दिएर निजी विद्यालय जाने विद्यार्थीलाई आकर्षण गर्नेतर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले आफुले प्रारम्भिव शिक्षा हासिल गरेको विद्यालयको कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको बताए । वार्षिकोत्सवका अवसरमा विद्यालयको समग्र इतिहासलाई समेटेर तयार पारिएको स्मारिका महाकाली दीपमालिका समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले भने– ‘शिक्षामा आमुल परिवर्तनको नारा हामीले नै उठाएको र सो नारालाई पुरा गर्ने दायित्व पनि हामीहरु माँझ आएको छ । सरकारले शिक्षाको बृहत्तर विकासमा जोड दिने गरी नयाँ कार्यक्रमहरु ल्याउन लागेको छ । समाुदायिक विद्यालयलाई नीजि बिद्यालय संग प्रतिस्पर्धा गर्न सामुदायिक बिद्यालय सक्षम रहेको छ । अब सामुदायिक बिद्यालय नमुना र अब्बल बनाउन सरकार प्रतिबद्ध रहेको छ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख निर्मला शाही, विभिन्न वडाका वडा अध्यक्षहरू, पूर्व शिक्षकहरू लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV