८ माघ २०७५, मंगलवार

सडक तथा बसभित्र समेत भिख माग्ने गरेको त हामीले देखिँदै र भोग्दै आएका छौं । तर, भिखारीले जहाजभित्र छिरेर समेत माग्न थालेका छन् । सामाजिक सञ्जालमा एउटा यस्तै भिडियो सार्वजनिक भएको छ । जहाँ जहाजभित्र भिख मागिएको छ । 

यो विमानभित्रका एक यात्रुले खिचेको भिडियो हो जुन यतिबेला निकै चर्चित छ । यद्यपि, भिडियो कहिले, कसले र कहाँ खिचिएको हो भन्ने पुष्टि भने हुन सकेको छैन । तर, अधिकांशले पाकिस्तानको कराँचीबाट बैंकक उडेको विमान भित्रको दृश्य भएको दावी गर्दै आएका छन् । एक यात्रु जहाजभित्र घुसपैठ गरेर छि¥यो र यात्रुसँग पैसा माग्दै गरेको दृश्यमा देख्न सकिन्छ । जहाजका चालक दलका सदस्य आएर भिखारीलाई आफ्नो सिटमा बस्न आग्रह गरिरहेको देखिन्छ ।

अन्तिममा एक यात्रुले केही रकम दिएपछि बल्ल भिखारी सिटमा बस्छन् । जहाजभित्रै भिख माग्ने व्यक्ति टिकट काटेर चढेको वा जबरजस्ती अवैध तरिकाले चढेको भन्ने खुलेको छैन । युट्युबमा अपलोड भएको यो भिडियो कतार एयरवेजको विमान भएको बुझिएको छ । यता, भिडियो भाइरल भएसँगै पाकिस्तानी उड्ययन मन्त्रालयले जहाजभित्र भिख माग्ने व्यक्ति पाकिस्तानी नभएर इरानी भएको दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
LIVE TV