८ माघ २०७५, मंगलवार

काठमाडौं। नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठक पोखरामा हुने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भारतीय उर्जा मन्त्रालयका सचिव अजय भल्लाले भेटवार्ता गरेका छन्। बुधवारदेखी पोखरामा हुने दुवै देशका ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौं (जोइन्ट स्टेयरिङ कमिटी -जेएसटिसी) वैठकमा सहभागी हुन नेपाल आएका सचिव भल्लासँग मंगलबार भेट गरेका हुन् । भेटमा मन्त्री पुनले नेपाल–भारतसम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे।

मन्त्री पुनले सरकारले बुढीगण्डकी र दुधकोशीजस्ता ठूला जलाशययुक्त आयोजना बनाउन लागेको भन्दै त्यसले भारतको बाढी नियन्त्रण,सिंचाई र खानेपानीका लागी सहयोग पुग्ने धारणा राखे । उनले त्यसका साथै तल्लो तटिय लाभका वारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV