८ माघ २०७५, मंगलवार

कञ्चनपुर । खानेपानी मन्त्री विना मगरको पहलममा कञ्चनपुरमा महिलाहरुको लागि तालिम सुरु भएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र न. १ मा प्रगतिशील महिला समुहका महिला प्रतिनिधिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्यानिटेशन प्याड बनाउने तालिम सुरु भएको हो ।

महिलाहरुमा महिनावारी हुँदा प्रयोग हुने स्यानिटेशन प्याड बनाउने तालिम बुधबारबाट सुरु भएको हो । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको सहयोगमा सञ्चालित पाँच दिने तालिमको निरीक्षण नेकपाका प्रभावशाली सांसद लेखराज भट्ट र खानेपानी मन्त्री बिना मगरले गरेका थिए । तालिम खानेपानी मन्त्री बिना मगरको पहलमा सुरु भएको हो ।

तालिमपछि महिलाहरुले उद्योगका लागि काम गर्न सक्षम हुनेछन् भने केही दिनपछि उक्त प्याड बजारमा बिक्री सुरु हुने छ । पहिलो चरणमा २५ जना महिलाहरु तालिममा सहभागी भएका छन् ।

यस अघि कञ्चनपुरको बेलौरीमा प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिम सम्पन्न भएको थियो भने खानेपानी मन्त्री बिना मगरको पहलमा महिलाहरुलाई स्वरोजगार बनाउन कुखुराको चल्लाहरु वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV