८ माघ २०७५, मंगलवार

काठमाडौं, ८ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने सरकारको तयारीको विरोधमा नेपाली काँग्रेसले संघीय संसदमा आज पनि बेल घेराउ गरेपछि अवरुद्ध संसद वैठक आज पनि स्थगित भएको छ । सरकारले जबर्जस्ती विधेयक पारित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेसले संसदमा अवरोध पु¥याएको थियो ।

संसद वैठक सुरु भए लगत्तै काँग्रेस सांसद प्रकाशमान सिंहले विशेष समय लिएर बोल्दै सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्न खोजेको भन्दै काँग्रेसले सरकारलाई कुनै पनि हालतमा स्वेच्छाचारी बन्न नदिने चेतावनी दिनुभएको थियो । उहाँले काँग्रेसको नेताहरुको नाममा स्थापित स्वास्थ्य संस्थाहरुमाथि सरकारले पूर्वाग्रही भावना राखेको भन्दै प्राध्यापक डाक्टर गोविन्द केसीसंग भएको सम्झौता अक्षरस लागु गर्न माग गर्नु भयो ।

काँग्रेस सांसदहरुलाई आफ्नो आसनमा बस्न बारम्बार आग्रह गर्नु भएको सभामुख कृष्णबहादुर महराले अन्ततः १५ मिनेटका लागि वैठक स्थगित गर्नु भएको थियो । तर अवरुद्ध संसद वैठक पुनः चालु हुने अवस्था नदेखिएपछि माघ ११ गते सम्मका लागि स्थगित गरिएको छ ।

LIVE TV