८ माघ २०७५, मंगलवार

काठमाडौँ । शेयर बजारमा परिसूचक नेप्सेमा झिनो अंकको सुधार भएको छ । लगानीकर्ताको आकर्षण देखिको माथिल्लो तामाकोशिको शेयरमा गिरावट आएपनि परिसूचक नेप्सेमा सुधार देखिएको हो । तर कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ ।

मंगलबार शेयर बाजरमा परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्सेमा एक अंक भन्दा कमको बृद्धि भएको छ भने सेन्सेटिभ परिसूचक पनि सामानय बढेको छ । कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । वित्तीय प्रणालीमा ब्याजदर नघटने निश्चित भएपछि शेयर बजारमा कारोबार न्यून देखिएको हो । जसले परिसूचक नेप्से पनि दबाबमा देखिएको छ । १ सय ५६ कम्पनस्को २९ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

केहि दिनदेखि लगानीकर्ता माथिल्लो तामाकोशिमा आकर्षित भएको देखिएपनि शेयर मूल्यमा गिरावट आएको छ । समाता माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढि कमाएका छन भने कन्चन डेभलोपमेन्ट बैंक र नेपाल हाइड्रोका शेयरधनीले सबैभनदा बढि गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV