८ माघ २०७५, मंगलवार

रिदम सिंह, ८ माघ बझाङ,

ठूलो मात्रामा हिमपातका कारण बझाङ जिल्लासँगै सुदुर पश्चिमको जन जिवन प्रभावित बनेकाे छ । बझाङमा मंगलबार बिहानैदेखी अत्यधिक बढेको चिसोपछि रातभर हिमपात परेको हो । हिमपातका कारण जिल्लाको हिमाली भेग साइपाल , सुर्मा , मष्टा , कैलास, खप्तडछान्ना ,बुङ्गल, बित्थडचिर गाउपालिकाको जनजिवन बढी प्रभावित भएको छ । उच्च हिमपातले जिल्लामा छोटो तथा लामो दुरीमा चल्ने यातायातका साधन समेत ठप्प भएका छन् ।

यद्यपी किसानहरू भने यो हिमपातले हिउँदे बाली सप्रिने भन्दै खुशी भएका छन्। हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्किन सहयोग गर्ने कृषी ज्ञानकेन्द्र बझाङले जनाएको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरूको विशेष ख्याल राख्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

चिसोले बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरूमा दम, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। यसअघि गत पुसको अन्तिम साता र मंसिरको तेस्रो साता सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा सामान्य हिमपात परेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV