८ माघ २०७५, मंगलवार

१४ दिन देखि अनसनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनमुखी बनाउन सांसदलाई आग्रह गर्नुभएको छ ।

शिक्षण अस्पतालको शैयाबाट भिडियो सन्देश जारी गर्दै डाक्टर केसीले विधेयकलाई सहमति अनुसार नै पारित गर्न आग्रह गर्नुभएको हो । विधेयकमा रहेका माफियामुखी बुँदा हटाउन समेत केसीको आग्रह थियो । सहमति अनुसार र जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन पारित गर्न केसीको सांसदलाई सुझाव रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा पेश भएको राष्ट्रिय चिकित्सा विधेयक अहिलेकै अवस्थामा पारित गर्ने सत्तारुढ दलको तयारी रहेको छ ।

यसअघि पटकपटक अनशन बस्दै आएका डा केसीले सरकार र आफुबीच भएको सम्झौता उल्लंघन गर्दै संसदबाट चिकित्सा शिक्षा विधेयक पास गर्न लागेको भन्दै पूनः इलाम पुगेर अनशन थालेका थिए।अनशन बस्ने क्रममा अचानक बिरामी परेपछि उनलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो ।

LIVE TV