८ माघ २०७५, मंगलवार

काठमाडाैँ । आज देशभरकै मौसम बदली हुने जलवायु तथा मौसम विभागले जनाएको छ ।

काठमाडौंलगायत आसपासका क्षेत्रमा चिसो बढेको छ । काठमाडौंमा आज दिनभरि बदली हुने र साँझपख सामान्य वर्षा पनि हुने मौसम विभागले जानकारी दिएको छ ।

विभागका अनुसार विशेषगरी काठमाडौं भन्दा पश्चिमका केही क्षेत्रहरुमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भईरहेको छ ।

देशको पश्चिमी भेगका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको विभागले जनाएको छ । बाँकी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ ।

आज बिहानको काठमाडौंको तापक्रम ५ डिग्री सेल्सीयस रहेको विभागले जनाएको छ । आज राति देशभर सामान्यतया बदली रहने र पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV