८ माघ २०७५, मंगलवार

काठमाडाैँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता यही माघ २५ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साेमबार बी डिभिजन लिगको खेल तालिका सार्वजनिक गर्दै लिग यही माघ २५ देखि शुरु हुने जानकारी दिएको हो ।

एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । समूह ‘ए’ मा रहेको झम्सिखेल र ब्वाइजबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV