७ माघ २०७५, सोमबार

जनकपुर – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिलेको सरकारले डा. केसीको अनसनलाई वेवास्ता गरेको भन्दै डा. केसीको सबै मागहरु तत्तकालै पुरा हुनुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्रीले सरकारको स्पष्ट नीति नहुँदा विकास हुन नसकेको आरोप समेत लगाएका छन् ।


१६ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकारले वेवास्ता गरिरहेको भन्दै डा. केसीको सबै मागहरू तत्कालै पूरा गर्नुपर्ने आवश्यकता समेत रहेको दाबी गरे।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल काठमाडौंद्वारा धनुषाको ढल्केवरमा निर्माण गरिने शाखा भवनको शिलान्यास तथा अस्थायी आँखा उपचार केन्द्रको उदघाटन गर्न सोमबार जनकपुरधाम पुगेका महामन्त्री कोइरालाले पार्टीभित्र पनि विभिन्न विभागहरू गठन गरी युवालाई परिचालन गर्ने कांग्रेसको आगामी योजना रहेको समेत सुनाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV