७ माघ २०७५, सोमबार

लमजुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन लमजुङको छैटौं अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अहिलेको सरकारले प्रजातन्त्रबिरोधीगतिविधी गरेको आरोप लगाउनु भएको हो । उहाँले कांग्रेसको सरकार नेतृत्वममा नहुँदा मुलुकमा हत्या, हिंसा र बलत्कारलगायत घटनाहरु बढ्न थालेको समेत जिकिर गर्नुभयो ।

सरकारले प्रेस स्वतन्त्रतामाथि समेत अंकुस लगाउन खोजेको भन्दै पत्रकारलाई सुरक्षित र ठुक्क भएर समाचार लेख्ने वातावरण नबनाएको र जसको कारण जनताले सुरक्षामो प्रत्याभुति गर्न नपाएको समेत बताउनु भयो । हत्या र बलत्कारीलाई सरकारले संरक्षण दिएको आरोप लगाउँदै उहाँले आफ्नो मन्तव्यपिच्छे सरकारलाई गाली समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV