७ माघ २०७५, सोमबार
  • रबिना बोहरा

बागलुङ, ७ माघ । विद्युत सर्ट भएर आगो लाग्दा बागलुङको निसीखोलामा दुई घरमा पूर्णरुपमा क्षति पुगेको छ । निसीखोला गाउँपालिका वडा नम्बर दुई बायखोलामा विद्युत सर्ट हुँदा स्थानीय डिलबहादुर परियार र तमबहादुर परियारको घरमा क्षति पुगेको हो

आगालागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुडा, नगद लगायत करिब १५ लाख वरावरको क्षति भएको निसीखोला गाउँपालिका वडा नं. दुईका वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।

घर पूर्णरुपमा जलेर नष्ट भएपछि आफन्तकोमा आश्रय लिएर बसेका पीडित परिवारलाई राहत उपलब्ध गराइ वसोवासको व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

LIVE TV