७ माघ २०७५, सोमबार

देवराज पन्त

हेटौंडा – “राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५” हेटौंडामा आयोजना हुने भएको छ । विकासको पूर्वाधार उद्योग र व्यापार भन्ने मूल नाराकासाथ जिल्लामा रोजगारी, कृषि, सूचना प्रविधि, पर्यटन, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले उद्योग वाणिज्य संघ मकवानपुले सो मेलाको आयोजना गर्न लागेको हो ।

उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघले बृहत औद्योगिक व्यापार मेला आयोजना गर्न लागेको आयोजकको भनाई रहेको छ । फागुन १६ देखि २६ गते सम्म क्याम्पा चौर, हेटौंडा–५ मा आयोजना हुने सो मेलामा करिब ५० करोड बराबरको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

उद्योगको उत्पादनहरुलाई सहज ढंगले उपभोक्ता समक्ष पु¥याउन संघले मेला आयोजना गर्न लागिएको । मेलामा विभिन्न क्षेत्रहरु कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुलगायत प्रदेश स्तरीय प्रदेश परिसर राखिने र सो सबै स्टल गरी करिव ४०० वटा स्टलहरु रहने संघले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मेला अवधिभर छलफल र अन्तरक्रिया तथा पुरस्कारमूलक कार्यक्रमहरुको पनि आयोजना समेत गर्ने छ । करिव ५ लाख अवलोकनकर्ताले यो मेला अवलोकन गर्ने अनुमान समेत गरिएको छ । यस मेलामा सवारी साधनहरुसहित गरी करिव ५० करोड वरावरको कारोवार हुने अनुमान गरिएको छ ।

LIVE TV