७ माघ २०७५, सोमबार

काठमाडाै‌ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी सरकारले काम अघि बढाएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पुनले सरकारको पहिलो प्राथमिकता दोहोरो अंकको आर्थिक वृद्धि रहेकाले सोही अनुसार विजुलीको उत्पादन गरिने बताउनुभएको हो । चालू आर्थिक वर्ष भित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भइसँगै मुलुकको ऊर्जा संकट समाधान उहाँको दावी थियो । भारतसँग सरकारले गत वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको जनाउँदै यस वर्ष १० करोड विद्युत बिक्री गरेको उहाँको भनाइ थियो ।

मन्त्री पुनले सोच र दृष्टिकोणलाई बदलेर सबै शक्ति राष्ट्र विकासमा लाग्नुपर्ने जनाउँदै उर्जा क्षेत्रले नै मुलुकको विकास गर्ने दावी समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV