७ माघ २०७५, सोमबार

काठमाडौँ । सोमबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ । बैंक तथा वित्तीय संस्थाले अझै कर्जामा ब्याजदर नघटाउँदा शेयर बजार प्रभावित भएको छ । लगानीकर्ताले विक्रीचाप बढाएका छन जसले गर्दा नेप्से दबाबमा छ ।

शेयर बजारमा परिसूचक नेप्से घटेको छ । नेप्से १० दशमलव ८६ अंकले घटेर १ हजार १ सय ६८ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । कारोबारमा आएका १ सय ६६ कम्पनीहरुको ३६ करोड ७७ लाख ६ हजार रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ । कारोबारमा आएका समुहमध्ये फाइनान्स समूह बाहेक सबै समूहका सूचकहरु ऋणात्मक हुँदा नेप्से दबाबमा परेको हो ।

माथिल्लो तामाकोशीको सबैभन्दा बढि १० करोड ९१ लाख रुपैयाँको कारोबार भएपनि शेयर मूल्यमा भने झण्डै १० प्रतिशतको गिरावट आएको छ । सबैभन्दा बढि गोर्खाज फाइनान्सका सेयरधनीले झण्डै ५ प्रतिशतले कमाएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा निक्षेपको ब्याजदर घटेपनि कर्जामा अझै घटन नसक्दा शेयर बजार प्रभावित भएको देखिन्छ ।

त्यस्तै पुष महिनामा सरकारी ढुकुटीमा १ खर्ब भन्दा बढि रुपैयाँ करबापत गएकाले पनि वित्तीय बजार अझै केहि समय कसिलो हुने देखिन्छ । जसले गर्दा कर्जाको ब्याजदर घटन सक्दैन । ब्याजदर नघटने भएपनि शेयर बजार थप प्रभावित हुन सक्छ ।

LIVE TV