चार्टर्ड एकाउन्टेन्टको माग बढ्दो छ : गभर्नर नेपाल



काठमाडौं –  नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले मुलुकमा चार्टर्ड एकाउन्टेन्टहरुको माग बढ्दै गएको दाबी गरेका छन्। मुलुकमा आर्थिक क्रियाकलाप बढ्न थाले संगै बैंक तथा वित्तिय संस्थाहरुमा चार्टर्ड एकाउन्टेन्टहरुको माग पनि बढ्दै जाने पनि उनको भनाई रहेको थियो ।

नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न समेत सचेत गराएको छन्। नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराए ।

सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती हुनैपर्ने पनि स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com