भूकम्पको पीडा विर्सेर विराटनगरमा भवन निर्माण संहिता विपरित घर बनाउने कार्य तीब्र



प्रकाशित मिति : Jan 21, 2019
  • तारा आचार्य

विराटनगर, ७ माघ । भूकम्पले पु¥याएको पीडा बिर्सिदै गएपछि विराटनगर महानगरपालिका क्षेत्र भित्र राष्ट्रिय भवननिर्माण संहिता विपरित भवन निर्माण गर्ने कार्य जारी छ ।

मुख्य रुपमा भवन निर्माण संहिता विपरित व्यापारिक भवन र होटलहरु बनाइन थालिएको छ । विराटनगर महानगरपालिकामा ०७० साल असोज १ गतेदेखि राष्ट्रिय भवन निर्माण आचारसंहिता लागू गरिएको थियो । भवननिर्माण संहिता अनुसार जुन प्रयोजनका लागि भवन निर्माण गरिएको हो सोही कार्यका लागि भवनको प्रयोग गर्नुपर्ने हुन्छ ।

एकातिर विराटनगरमा आवासीय भवनलाई अस्पताल र व्यापारिक भवन बनाउने कार्य अत्याधिक बढेको छ भने अर्कोतिर फार अर्थात फ्लोर एरिया रेसियो पनि पालना गरिएको छैन । विराटनगरमा एक बराबर तीनको फ्लोर एरिया रेसियो तोकिएको छ ।

विराटनगर महानगरपालिकाले भने नक्सा विपरितका निर्माण गरिएका घरहरुलाई कारवाही गर्ने जनाएको छ । विराटनगर महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले आचारसंहिता विपरितका घरहरुलाई नियमन गर्ने तयारी भईरहेको बताउनु भयो ।

विराटनगर महानगरपालिका भित्र करिब ४५ हजार घरहरु रहेकोमा ३२ हजार घरको मात्र घर नक्सा पास भएको तथ्यांक छ । यहाँ वार्षिक १ हजार ५ सय घरनक्सा पास हुने गरेको विराटनगर महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com