फिल्म जोकरकाे गीत ‘तिम्रो जिरो फिगर’ (भिडियाे)



प्रकाशित मिति : Jan 21, 2019

काठमाडौँ । फिल्म जोकर (जादुगर २)’को गीत सार्वजनिक भएको छ । यो फिल्मको गीत ‘तिम्रो जिरो फिगर’ सार्वजनिक भएको हो ।

फिल्मलाई महादेव त्रिपाठी आफै निर्देशन गरेका हुन् भने गीतमा धुर्व बिस्को र सुमन गुरुङले स्वर दिएका छन् । याक इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको फिल्मलाई मधुर वस्नेतले छायांकन गरेका छन् । बिशेष पन्तको लेखन रहेको फिल्मलाई नितेश लामाले सम्पादन गरेका हुन ।

चर्चित जादुगर हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी (मुलाको साग), संगीता लामा लगाएतका अभिनय रहेको छ ।

फिल्म आगामी फागुन ३ मा प्रदर्शन हुदैँछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com