आमबोटेमा भीषण आगलागी, १० लाख बराबरको क्षति



प्रकाशित मिति : Jan 21, 2019
label

विराटनगर । आमबोटेमा भीषण आगालागी भएको छ । आगलागीबाट करिब १० लाख भन्दा बढीकोे क्षति भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–७, आमबोटेमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको हो ।

आइतबार राति भएको आगलागीमा स्थानीय सोममाया तामाङको तीन तले घर, अन्नपात, लत्ताकपडा, काठपात तथा १ तोला सुन र ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com