प्रदेश एकको हिउँदे अधिवेशन आव्हान, प्रदेशको नाम र राजधानीको टुंगो लगाइने




तारा आचार्य
विराटनगर – एक नम्बरका प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले एक नम्बर प्रदेश सभाको तेश्रो तथा हिउँदे अधिवेशन माघ २० गते आइतवार दिउसो ३ बजेका लागि आव्हान गर्नुभएको छ ।


नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा हिउँदे अधिवेशन आव्हान गर्नुभएको हो । प्रदेश सरकारको माघ २ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको मिति तोकेर प्रदेश प्रमुखलाई बैठक आव्हानका लागि लिखित रुपमा पत्राचार गरेको थियो ।

प्रदेश सभाको अधिवेशन सभामुखको परामर्शमा प्रदेश सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुखले बोलाउने संवैधानिक व्यवस्था रहेको छ । हिउँदे अधिवेशनमा प्रदेशका नामाकरण र राजधानी समेत टुङ्गो लगाउने कार्यसूची रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com